पूर्वी नाकाहरुमा प्रहरीको सुक्ष्म निगरानी

शुक्रबार, ०८ मंसिर २०८०
विराटनगर । भारतसँग सीमा जोडिएका कोशी प्रदेशका चार जिल्लाका नाकाहरूमा प्रहरीले केही दिनयता निगरानी र जाँचमा कडाइ गरेको छ । भारतबाट अवैध घुसपैठको आशंकामा नाकाहरुमा कडाइ गरिएको हो । प्रदेश प्रहरी कार्यालयले सीमावर्ती क्षेत्रमा तालिमप्राप्त कुकुरसहित प्रहरी गस्तीलाई निरन्तरता दिइरहेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक राजेश बास्तोलाका अनुसार झापा, मोरङ, सुनसरी र इलामका नाकाहरूमा निगरानी बढाइएको बताए । उनका अनुसार अझै केही दिन नाकाहरुमा विशेष निगरानी जारी रहनेछ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजधानीकेन्द्रित प्रदर्शन जारी राखेसँगै प्रहरीले नाकाहरुमा निगरानीलाई निरन्तरता दिने भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार