अम्बे सहकारी इटहरीका अध्यक्ष फणीन्द्र मगर सहित चार सञ्चालक पक्राउ

शुक्रबार, ०८ मंसिर २०८०
इटहरी । सुनसरीको इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित चार जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित सञ्चालक शिला गजमेर,राहुल अग्रवाल र कुमार आलेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक सहितको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ । बचतकर्ताहरूको झन्डै ४०  करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले हिजो पनि जिल्ला प्रशासन कार्यालय सुनसरीमा पैसा फिर्ता माग गर्दै दबाब सिर्जना गरेका थिए । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले संस्थाका अध्यक्ष सहित सञ्चालकका विरुद्धमा सहकारी ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई आज इटहरीका विभिन्न ठाउँहरूबाट पक्राउ गरेको हो । केही समय यता संस्थाबाट पीडितहरूले दुर्गाप्रसाद कोइरालाको अध्यक्षतामा  सङ्घर्ष समितिलै गठन गरी संस्था विरुद्ध आन्दोलन गर्दे आएका थिए । सहकारी डुब्दा संस्थाका ५ हजार बढी बचतकर्ता तथा सेयर सदस्यहरू मार्कामा परेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार