कोशी प्रदेशमा भूमिहीन तथा सुकुम्वासीले वित्तीय संस्थाबाट लिएको कर्जाको व्याज मिनाहा हुने

आइतबार, १० मंसिर २०८०
विराटनगर । कोशी प्रदेशमा भूमिहीन तथा सुकुम्वासीले घडेरी खरिद गर्ने प्रयोजनका लागि बैंङक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको व्याज मिनाहा हुने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रीको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री केदार कार्कीले शनिवार प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयकमा सो कुरा उल्लेख गरिएको हो । मुख्यमन्त्री कार्कीले प्रस्तुत गरेको विद्येकमा यो संगै अन्य लोकप्रिय कार्यक्रमहरू पनि समावेश छन् । विधेयकमा १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने, तमोरको पानी धरान ल्याउने, धुलो दूध र घिउ निर्यातमा अनुदान दिने, हात्तीमैत्री जङ्गल बनाउने, इटहरीमा प्रादेशिक जलन अस्पताल निर्माण गर्ने, विराटनगरमा सैलजा आचार्य हृदय रोग उपचार केन्द्रको व्यवस्था मिलाउने, प्रत्येक जिल्लामा निःशुल्क कानुनी उपचार केन्द्रको व्यवस्था मिलाउने, भूमिहीन तथा सुकुम्वासीले घडेरी खरिद गर्ने प्रयोजनका लागि बैंक  तथा वित्तीय संस्थाबाट लिएको कर्जाको व्याज मिनाहा गर्ने लगायतका  कार्यक्रम उल्लेख छन् । प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने मुख्यमन्त्री कार्कीले बताए । ’प्रस्तुत कार्यक्रमहरू विधेयक पास भएको भोलिपल्टदेखि कार्यान्वयनमा जान्छ । मुख्यमन्त्री भन्छ्न, समुन्नत प्रदेशका लागि हामीले पाइला चालिसकेका छौँ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार