धनकुटा– सेवा निवृत्त सैनिकहरूको एक समूहले धनकुटाको डाँडा बजारमा रहेको भानु सामुदायिक माध्यमिक विद्यालयलाई जग्गा प्रदान गरेको छ । भूतपूर्व बेलायती सैनिक नीरप्रसाद लिम्बुको अगुवाइमा बेलायत र भारतीय सेनाबाट निवृत्त भएर चौबिसे समाज हङकङमा आबद्ध भएका पूर्व सैनिकहरूले चन्दा सङ्कलन गरी जन्मथलोको विद्यालयलाई जग्गा उपलब्ध गराएका हुन । उनीहरूले डाँडा बजारको मानेडाँडाँमा तीन रोपनी १० आना जग्गा खरिद गरी जग्गाको स्वामित्व विद्यालयलाई प्रदान गरेका छन् । यस्तै उनीहरूले विद्यालयमा अक्षयकोष सञ्चालनका लागि पनि ६ लाख ९४ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।
अभियानमा पाँच हजार रुपैयाँ देखि एक लाख २६ हजार सम्म उपलब्ध गराएको अभियन्ता नीरप्रसाद लिम्बुले बताए । अक्षयकोषका लागि थप रकम सङ्कलनका लागि आफूहरू लागि परेको उनको भनाई छ । सेवा निवृत्त सैनिकहरूले उपलब्ध गराएको जग्गामा विश्वविद्यालय सञ्चालनको योजना छ । क्याम्पसको सम्बन्धनको प्राप्तिको प्रक्रिया अघि बढाएको प्रधानाध्यापक यज्ञ लिम्बुले बताए ।
प्रतिक्रिया