वराहक्षेत्र नगरपालिकाले ११ सय विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिने

शुक्रबार, २२ पुस २०७९
वराहक्षेत्र नगरपालिकाले अति विपन्न ११ सय परिवारको स्वास्थ्य बिमा गरिदिने भएको छ। आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले प्रत्येक वडाहरूबाट १/१ सय परिवारको स्वास्थ्य बिमा गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्र स्थायी बसोबासमा रहेका अति विपन्न परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रम मार्फत स्वास्थ्यको पहुँचमा ल्याउन खोजिएको नगर प्रमुख रमेश कार्कीले बताए । टोल टोलमा रहेका अति विपन्न परिवारको नाम वडा कार्यालयले पुष महिना भित्र नगरपालिका पठाउने र स्वास्थ्य बिमा गर्ने प्रक्रिया अगाडि पढ्ने स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले बताए । स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावित र विवाद रहित बनाउन वास्तविक अति विपन्न परिवारको नाम मात्र पढाउन नगर प्रमुख कार्कीले वडा कार्यालयलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार