इटहरी / इटहरीमा जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोक नजिकै घर भएका रविन खड्का रहेका छन् । हात्ती आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई बुधबार राति करिब साढे ९ बजेतिर बुढासुब्बा चोक क्षेत्रमै जंगली हात्तीले आक्रमण गरेको थियो । हात्ती धपाउन ठूलो भीड जम्मा भएका स्थानीयले हात्ती धपाउने क्रममा खड्कामाथि हात्तीले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्
प्रतिक्रिया