कोसी प्रदेशमा तीन हजार पाँच सय एचआईभी एड्स संक्रमित, स्वास्थ्य र शिक्षाको अभावले ज्यानै जाने जोखिम

शुक्रबार, १५ मंसिर २०८०
निशा राई धरान / स्वास्थ्य, शिक्षाको अभावमा एचआईभी एड्स संक्रमितहरू खुलेर समाजमा अगाडि बढ्न नसकेको जानकारहरूले बताएका छन् । स्केल इनिसिएटिभको सहयोगमा राष्ट्रिय एचआईभी तथा एड्स महासंघ कोसी प्रदेश एनएपीको आयोजनामा सुनसरी जिल्लाका एचआईभी संक्रमितहरूसँग छलफल कार्यक्रममा स्वास्थ्य, शिक्षाको अभावमा एचआईभी एड्स संक्रमितहरूको मृत्यु हुने गरेको एड्स महासंघ कोसी प्रदेशका सुपरभाईजर रोमन कुमार राईले बताए । राज्यले नागरिकहरूलाई संविधानले प्रत्याभूति गराएको अधिकारहरू गाँस, बास, कपास, स्वाथ्य उपचार, शिक्षा र रोजगार भएपनि एचआईभी संक्रमित भएकै कारण हालसम्म पनि सेवाबाट बञ्चित भएर मृत्युवरण गर्नुपरेको उनको भनाइ छ । समयमा उपचार भए साधारणजसरी नै जीवन बाँच्न सकिने उनले बताए । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबै उपचारको सेवाहरू भएपनि समयमा उपचार नपाएर संक्रमितले ज्यान गुमाइरहनुपर्ने बाध्यता अझै रहेको राईले बताए । विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा भने पिएमटिसिटी सेवाबाहेक सर्जरी, ईन्डोस्कपी, कोनस्कपी, डाईलायसिस नभएकाले सम्पूर्ण उपचारको लागि वीपी प्रतिष्ठान नै आउनुपर्ने बाध्यता रहेको बताइन्छ । उपचारको कममा कतिपय अवस्थामा संक्रमित लागेका बिरामीहरूको लागि सहज नहुने त्यसमा पनि छोरी मान्छेलाई थप गाह्रो हुने र हरेक उपचारमा किट माग्ने गरेकोले सबैको किट किन्न सक्ने अवस्था नभएकोले समस्या रहेको राईको भनाइ छ । छलफलका क्रममा एचआईभी संक्रमित भएकै कारण क्षमता र योग्यता हुँदापनि बैदशिक रोजगार लगायत छात्रा बृद्धिबाट बञ्चित भइरहेको बताइयो । हालसम्म स्थानीय तहहरूले एचआईभी संक्रमित बालबालिकाहरूका लागि शिक्षा बजेट बिनियोजन नगरेको कारण पढ्न चाहने बालबालिकाहरू पनि शिक्षाबाट बञ्चित भइरहेको बताइएको छ । एचआईभी संक्रमित भएकै कारण रोजगारी तथा विभिन्न अवसरहरूबाट बञ्चित भएको संक्रमित दीपक (परिवर्तित नाम) ले बताए । उनका अनुसार जागिरे जीवनबाट पनि संक्रमित भएको थाहा पाएर निष्कासन गर्नेजस्ता समस्या रहेको छ । आप्रवासी तथा एचआईभी संक्रमित बच्चा बालबालिकाहरूको जन्म दर्ता, नागरिकता नभएको कारण विभिन्त्र उपचारका सेवाहरू र रोजगारीहरूबाट पनि बञ्चित भइरहेको उनको भनाइ छ । हाल सम्म कोसी प्रदेशमा एचआईभी संक्रमितहरूको संख्या तीन हजार पाँच सय रहेको तथ्यांक छ । जस्मा एआर्राट्र सेवन गरिरहेको संख्या दुई हजार ४ सय ३५ जना रहको छ । यता, सुनसरीमा मात्रै एचआईभी संक्रमितहरूको संख्या दुई हजार एक सय भएपनि पत्ता लागेको संक्रमतिहरू एक हजार सात सय ५९ जना रहेको तथ्यांक छ । यस्तै, एआरट्रि सेवन गरिरहेको संख्या ८ सय ९८ जना रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार