बिपी प्रतिष्ठान कर्मचारी युनियनको नेतृत्वमा कविता ढकाल

आइतबार, २४ पुस २०७९
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी युनियनको कर्मचारी कल्याण समाजको  निर्वाचनमा कविता ढकाल निर्वाचित भएकी छन् । ढकालले ३६६ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी किशोर प्रसाद पोखरेलले ३१७ मत प्राप्त गरे । यस्तै, अध्यक्षका अन्य उम्मेदवार महेश्वर राईले १६३, मदनकुमार हलुवाईले १९, भुपध्वज बुढाथोकी ९८, किरण प्रसाद भट्टराईले ११ र सञ्जीव कुमार कर्ण १९५ मत प्राप्त गरे । निर्वाचन प्रमुख प्रकाश श्रेष्ठका अनुसार वरिष्ठ उपाध्यक्षमा हेमबहादुर बस्नेत ५८८ मत सहित विजयी भए ।   पूर्णबहादुर श्रेष्ठले २६८ मत प्राप्त गरेर पराजित भए । अन्य उम्मेदवार दिलीप कुमार परियारले ६९, बालकृष्ण मेहताले २१६, मत प्राप्त गरे । महिला वरिष्ठ उपाध्यक्षमा धन कुमारी घिसिङ निर्वाचित बनेकी छन्  । उनले ७०७ मत प्राप्त गरिन् ।  उनकी निकटतम प्रतिद्वन्द्वी सिता कुमारी हुमागाईँले ४८६ मत प्राप्त गरिन् । प्रशासनिक उपाध्यक्षमा श्याम सुन्दर मेहताले ३४१ मत प्राप्त गरी विजयी भएका छन् । नर्सिङ उपाध्यक्षमा सफला बुढाथोकी यसअघि निर्विरोध निर्वाचित भएकी छन् । पारामेडिक्स उपाध्यक्षमा उक्त कुमार श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा मुकेश कुमार शाह र  कोषाध्यक्षमा अजय कुमार साह विजयी भएका छन् । सदस्य प्रशासनिक कर्मचारीमा तीन जना, सदस्य नर्सिङमा ३ जना, सदस्य पारामेडिक्स ३ जना त्यस्तै खुल्ला सदस्यतर्फ ६ जना विजयी भएका छन् । सदस्यका लागि प्रशासनिक कर्मचारीमा ३ पदमा ४, नर्सिङ सदस्य ३ सदस्यका लागि ५ जना, पारामेडिक्स ३ मा ६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । खुल्ला सदस्य ६ जनाका लागि १२ जनाले प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार