प्रदेश १ मा नेकपा एमालेका हिक्मत कार्कीले ६० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
प्रदेशसभामा रहेका ९३ मध्ये नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेक अरू सबै दलको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन् । प्रदेश प्रमुख खापुङले आइतबार (आज) साँझ सम्मको समयसीमा दिएका थिए। ९३ सदस्यीय प्रदेशसभामा एमालेसँग ४० सांसद छन् ।
दोश्रो स्थानमा रहेको कांग्रेससँग २९ जना सांसद छन् भने तेश्रो स्थानमा रहेको माओवादी केन्द्रसँग १३ सांसद छन् ।
राप्रपासँग ६, नेकपा एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सांसद छन् । प्रदेश १ मा एमाले, माओवादी, राप्रपा र जसपाको मत जोड्दा ६० सिट पुग्छ । ९३ जनाको प्रदेशसभामा बहुमतका लागि ४७ जना आवश्यक पर्छ ।
प्रतिक्रिया