प्रदेश प्रहरी अस्पताल सारेपछि उद्योगवाणिज्य संघको विरोध

विहीबार, २८ मंसिर २०८०
बेलबारी / बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएको विषयलाई लिएर उद्योग वाणिज्य संघ बेलबारीले विरोध जनाएको छ । एक विज्ञप्ति जारी गर्दै अस्पताल पुरस्थपना गर्न वाणिज्य संघले माग गरेको छ । १५ शय्याको अस्पताल सञ्चालनमा आएको ९ महिनापछि मङ्गलवार मध्यरात स्थानीय पालिकासँग कुनै समन्वय र सल्लाह इनरुवामा सारिएपछि जनप्रतिनिधि तथा राजनीतिक दलहरूले विरोध जनाउँदै आएका छन् । जनप्रतिनिधि तथा राजनीतिक दलले गरेको विरोध प्रति उनीहरूले एकबद्धता जनाएका छन् । भोली शुक्रवार दिउसो १ बजे बेलबारी बजारमा सम्पुर्ण राजनैतिक दल सहिदको उपस्थितिमा दबाब मूलक कार्यक्रम समेत राखिएको उद्योग वाणिज्य संघ बेलबारीका महासचिव विवेक मिश्रले बताए । दैनिक ३० जनासम्म ओपिडीमा बिरामी आउने गरेको अस्पतालको अभिलेखमा देखिन्छ । अस्पतालमा ९ औँ तहका चिकित्सकसहित ६० जनाको दरबन्दी थियो । उक्त अस्पताल यही मङ्सिर २६ गते मध्यरातमा इनरुवामा सारिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार