पहिचानवादीको बन्दले पूर्वको जनजिबन प्रभावित, बन्दको क्रममा धरानबाट सुमन चेम्जोङ सहित ५ जना पक्राउ

शनिबार, ३० मंसिर २०८०
धरान / प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी कार्यकर्ता, नेताको बिनाशर्त रिहाइको माग गर्दै आज मङ्सिर ३० र पुस १ गते सम्म कोशी प्रदेशमा यातायात बन्दको क्रममा धरानबाट प्रहरीले ५ जना पहिचानवादी नेता, कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ गरिएकामा युवा नेता सुमन चेम्जोङ सहित करुण राई, शम्भु राई पृथक्, सिताराम राई र हरि बान्तवा भएको सङ्घर्ष समितिले जनाएको छ । कोशी नाम खारेजीको माग सहित मङ्सिर २६ गतेदेखि मध्ये पहाडी मार्गमा विभिन्न चरणमा बन्दको आयोजना गरिएका कार्यक्रममा सहभागी हुँदा पक्राउ गरिएका ३५ जना नेतालाई बिना सर्त रिहाइको माग गर्दै कोशी प्रदेश बन्दको आव्हान गरेको हो । पक्राउ पर्नेमा खोटाङबाट पूर्व संस्कृति मन्त्री गोपाल किराँती, झापाका पाण्डपलाल चौधरी सहित  बिर्तामोड, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, उदयपुर लगायतबाट गरिएका हुन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार