जनता आधारभूत विद्यालयले २०६६ सालदेखि यस क्षेत्रका विद्यार्थीलाई कक्षा ८ सम्म अध्यापन गराउँदै आएको छ । तथापि शैक्षिक सत्र २०७८/७९ देखि नगरपालिकाको शिक्षा शाखाले शिक्षण सहयोग अनुदान भनेर एउटा निमावि आधारभूत दरबन्दी दिएको प्रधानाध्यापक कर्माकारले जानकारी दिए । उनले भने, “आधारभूत तह चलाउनै गाह्रो छ । त्यसै कारण गुणस्तरीय शिक्षा पनि दिन सकिएको छैन ।”
वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दरबन्दी आवश्यकतालाई पूर्ति गर्ने बताए । । उनले भने “दरबन्दीको आवश्यकता पूरा गर्दै आगामी शैक्षिक सत्रदेखि यस विद्यालयमा कक्षा ९ थप्नेसमेतको योजना छ ।”
सप्तकोसी नदीले धार परिवर्तन गर्दा बनेको श्रीलङ्का टापु जान कोसीमा डुङ्गा चढेर जानुपर्छ । बर्सातका समयमा डुङ्गा पनि प्रयोग गर्न गाह्रो हुने भएकाले यातायातको निकै समस्या रहेको कोसी प्रदेशसभा सदस्य सदानन्द मण्डलले जानकारी दिए ।
उनले तरकारी खेतीका लागि निकै प्रख्यात सो क्षेत्रका किसानलाई आफ्ना उत्पादन बजारसम्म लैजान समस्या भएको बताए । उनले भने “किसानले मेहनतअनुसारको मूल्य समेत पाएका छैनन् । सप्तकोसी नदीमा झोलुङ्गै पुलको आवश्यकता छ ।
प्रतिक्रिया