तरहरा । सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनले सुनसरीको तरहरास्थित स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको पुस्तकालयलाई पुस्तक सहयोग गरेको छ ।
देशभरका सबै सहिद स्मृति आवासीय विद्यालयमा एक–एक लाख रुपैयाँ बराबरको पुस्तक दिने फाउन्डेसनको नीतिअनुसार आइतबार सुनसरीको विद्यालयलाई सहयोग गरेको हो ।
फाउन्डेसनका संस्थापक अध्यक्ष प्रमोद पौडेल र केन्द्रीय सदस्य राजु महतोले आइतबार विद्यालय अध्यक्ष मणिराम गिरी र प्रधानाध्यापक रिता फुयाँललाई पुस्तक हस्तान्तरण गरेका हुन् ।
फाउन्डेसनले डोटी जिल्लाबाट सहयोग प्रदान गर्न सुरु गरेको थियो । अब दाङ, पोखरा र जिरीमा पनि पुस्तक वितरण गर्ने तयारी छ । आवश्यक पुस्तकहरु फाउन्डेसनको केन्द्रिय कार्यालयमा ल्याइसकिएको फाउण्डेसनका केन्द्रिय अध्यक्ष सन्दीप पुनले बताए ।
प्रतिक्रिया