शाहलाई आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी

सोमबार, ०२ पुस २०८०
काठमाडौँ / सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशक (निमित्त प्रमुख)को जिम्मेवारी नागेन्द्र शाहलाई दिएको छ। निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिए पछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शाहलाई निमित्त प्रमुखको जिम्मेवारी तोकेको हो। नयाँ कार्यकारी निर्देशक नियुक्त भएर नआउँदासम्मका लागि जिम्मेवारी तोकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए। ‘थानी जीले राजिनामा दिएपछि कार्यकारी निर्देशकको पद रिक्त थियो,’ रिजालले भने, ‘वरिष्ठताका आधारमा शाहलाई निमित्तको जिम्मेवारी तोकेको हो।’ आर्थिक तथा प्रशासनिक निर्णय गर्ने अधिकार सहित शाहले निमित्तको जिम्मेवारी पाएका हुन्। निमित्त भएको बेला दीर्घकालीन महत्व राख्ने निर्णय गर्ने प्रचलन भने छैन।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार