धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइवर नेटवर्क उद्घाटन

शनिबार, ०७ पुस २०८०
धनकुटा / मध्यपहाडी राजमार्ग लक्षित दूरसंचार पूर्वाधार अप्टिकल फाइवर नेटवर्कको पूर्व खण्ड सञ्चालनमा आएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ६ सय ८३ किलोमिटर लामो नेपाल टेलिकमको हाइस्पीड नेटवर्क महामार्गको आज धनकुटाको हिलेमा उद्घाटन गरेकी छन् ।
नेपाल टेलिकमले सञ्चालनमा ल्याएको अप्टीकल फाइवर नेटवर्कको पूर्वी खण्डले तेह्रथुमको म्याङ्लुङ, फिदिम, इलाम, बिर्तामोड, चन्द्रगढी, इटहरी, धरान हुँदै धनकुटालाई समेट्छ ।
नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबिच भएको सम्झौता अनुसार ग्रामीण दूरसञ्चार विकास कोषको ४ अर्ब ८७ करोड रुपैयाँ लागतमा उक्त दूरसञ्चार महामार्ग तयार पारिएको हो । अब उक्त महामार्ग मार्फत हाइस्पीड इन्टरनेट सेवा उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार