नक्सा पास नगरी बनाइएका घरको प्रक्रिया पूरा गर्न इटहरी  उपमहानगरको आग्रह

बुधबार, २७ पुस २०७९
इटहरी उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पासको प्रक्रिया अघि बढाउने भएको छ । नक्सा पास नभएका तर मापदण्ड अनुकूलका संरचनाहरूको ९० दिनभित्र प्रक्रिया पूरा गरिने उपमहानगर पालिकाले जनाएको छ । उपमहानगरको भवन अनुमति तथा भवन मापदण्ड कार्यान्वयन शाखाका प्रमुख, इन्जिनियर कैलाश तिम्सिनाका अनुसार संस्थागत, निजी वा जुनसुकै प्रयोजनको निम्ति बनाइएका भवनको नक्सा पास गर्न चैत मसान्तसम्म समय दिइएको बताए । घर नक्सा पास गरी “घर–नक्सा अभिलेखीकरण” गराउँदा घरको आधिकारिकता, सम्पत्ति धितो मूल्याङकन, बीमा प्रयोजन, बैकिङ प्रयोजन तथा करको दायरामा समेत आइने हुँदा घरधनीलाई नै लाभ हुने उनको भनाइ छ । तोकिएको समयमा पुरानो घर नक्सा पास गर्न उपमहानगरले नगरबासीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार