बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिनेबारे प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट जानकारी आएको र त्यही अनुसारको तयारी गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
माओवादी केन्द्रका जमकट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीको दावी पेश गर्दै गर्दा जमकट्टेललाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ गरी जम्मा ७० सांसदले समर्थन गरेका थिए ।
प्रदेश सरकारले पूर्णता पाउन भने एक महिना लाग्न सक्ने सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।
प्रतिक्रिया