आइसीटी अवार्ड–२०२३ मा १४ विधामा पुरस्कार, सातै प्रदेशका स्टार्टअपलाई सम्मान

आइतबार, ०८ पुस २०८०
काठमाडौँ । लिभिङ विथ आइसीटीले आइसिटी अवार्ड–२०२३ मा १४ विधामा अवार्ड वितरण गरेको छ भने सातै प्रदेशका स्टार्टअपलाई सम्मान गरेको छ । आठौँ संस्करणको आइसिटी अवार्ड समारोह शुक्रवार राजधानीको होटेल सोल्टीमा भएको हो । एक दर्जन भन्दा बढी प्री–इभेन्ट ५ महिनादेखिको छनोट प्रक्रियामा रहेका र एक महिनासम्म टेलिभिजन कार्यक्रम पश्चात् आयोजना भएको ग्राण्ड फिनालेमा १४ विधामा अवार्ड तथा सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिएको छ । ७०० बढीको अनलाइन आवेदनबाट ५ चरणको छनोटपछि विजेताहरूलाई अवार्ड प्रदान गरिएको हो । समारोहमा अन्तर्राष्ट्रिय अवार्डका रूपमा आयोजना गरिएको साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड–२०२३ को पनि विजेता घोषणासँगै पुरस्कृत समेत गरिएको छ ।
प्रविधि क्षेत्रका अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसरको रूपमा आयोजना भएको कार्यक्रममा यस क्षेत्रका ८०० बढी विशिष्ट व्यक्तित्वको सहभागिता थियो । समारोहको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन भने अर्थमन्त्री डा।प्रकाश शरण महतले समापन सम्बोधन गरेका थिए ।
इनड्राइभका एसिया प्यासिफिक पिआर प्रमुख पभिट नन्दको पनि कार्यक्रममा उपस्थिति थियो । कार्यक्रममा श्रीलङ्का, भरत, बङ्गलादेश, भुटान र बेलायतबाट समेत सहभागीहरू थिए । यस वर्षको पायोनियर आइसिटी अवार्ड २०२३ पहिलो इ–कमर्स सञ्चालक बालकृष्ण जोशीले प्राप्त गरेका छन् । एन सेल वुमन आइकन आइवु सिटी अवार्ड सुनैना घिमिरे पाण्डेले प्राप्त गरेकी छन् । यसै गरी, प्रोफेसनल एक्सीलेन्स अवार्ड रेनका अध्यक्ष लोचनलाल अमात्य र आइसिटी अवार्ड प्राध्यापक डाक्टर सुरेश मानन्धरले प्राप्त गरेका छन् । संस्थागत विधाहरूमा डिजिटल गभर्नेन्स अवार्ड नेपाल स्टक एक्सचेन्ज९नेप्से०ले प्राप्त गरेको छ भने डिजिटल सर्भिस अवार्ड तिलगंगा आँखा प्रतिष्ठानले प्राप्त गरेको छ । यस्तै, डिजिटल एजुकेसन अवार्ड तनहुँको सत्यदेवी माध्यमिक विद्यालय र डिजिटल एजुकेसन अवार्ड निजी क्षेत्र काठमाडौँको अध्ययन स्कुलले प्राप्त गरेको छ । प्राप्त गरेको छ । प्रडक्ट अवार्ड क्युआर पिए र राइजिङ स्टार इनोभेसन ब्ल्यांकसरले जित्न सफल भएको थियो । यस्तै पब्लिक च्वाइस अवार्ड मनिमित्रले जितेको छ । दक्षिण एसियाली देशहरू लक्षित साउथ एसिया स्टार्टअप अवार्ड भुटानको समूह मिडिया टेकले प्राप्त गरेको छ । यसबाहेक लिभिङ विथ आईसीटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई समेत सम्मान गरेको छ । यस वर्ष कोसी प्रदेशबाट ट्र्याक अन नेपाल, मधेसबाट एड्स बी मिडिया, वाग्मतीबाट हर्टसङ टेक्नोलोजी, गण्डकीबाट रेष्ट्रो यक्ष, लुम्बिनीबाट टुना टेक्नोलोजी, कर्णालीबाट बायो कर्णाली ऐरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअपका रुपमा सम्मानित भएका छन ।
कोसी प्रदेशको इटहरीमा रहेको ट्र्याक जिपिएस ३ वर्ष अगाडि स्थापना भएको थियो । यसले सवारी साधनहरूको प्रत्यक्ष निगरानीका लागि यो प्रयोग गरिँदै आएको छ । प्रदेशमा उत्कृष्ट काम गरेपश्चात् अवार्ड प्राप्त गरेको प्राबिधक प्रमुख सरोज राउतले बताए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार