सप्तरी प्रदेशसभा क्षेत्र २ (१) मा मतगणना नसकिँदै जनमत पार्टीका सतिशकुमार सिंह विजयी भएका छन् । सुरूदेखि नै अग्रता कायम राखेका सिंहले १४ हजार ३२२ मत पाएका छन् । उनलाई पछ्याइरहेका जसपाका शैलेन्द्र साह ६ हजार ७४९ मतले पछ्याइरहेका छन् ।
यहाँ कुल ३४ हजार ६७८ मत खसेको थियो । अब करिब ६ हजार मतमात्र गन्न बाँकी छ । सिंह प्रतिस्पर्धी साहभन्दा ७ हजार ५७३ मतले अगाडि देखिएकाले जित्ने निश्चित छ ।
पराजित हुने अवस्थामा पुगेका साह मधेश प्रदेशका अर्थमन्त्री हुन् । उनी यही क्षेत्रबाट ०७४ मा विजयी भएका थिए ।
प्रतिक्रिया