पाँच महिनामा १९ करोडको तास भित्रिएर ११ करोड राजश्व सङ्कलन

सोमबार, ०९ पुस २०८०
विराटनगर /  चालु आर्थिक वर्ष २०८०।०८१ को पाँच महिनामा १९ करोड रुपैयाँभन्दा बढीको तास आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार पाँच महिना (साउन–मङ्सिर) मा १९ करोड ५१ लाख १५ हजार रुपैयाँको तास आयात भएको छ । नेपालमा चीन, हङकङ भारत र युकेबाट नेपालमा तास आयात भएको पाइन्छ ।
चीनबाट १७ करोड ६९ लाख १० हजार, भारतबाट एक करोड ८२ लाख दुई हजार र युकेबाट दुई हजार रुपैयाँको तास आयात भएको विभागले जनाएको छ ।
नेपालले तास आयातबाट ११ करोड ७८ लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार