रावा बैङ्कको सर्वाधिक डिजिटल कारोबार

शुक्रबार, १३ पुस २०८०
काठमाडौँ /सरकारी स्वामित्वको बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैङ्कका रूपमा सम्मानित भएको छ । नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरे । बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै अब राष्ट्रिय वाणिज्य बैङ्क परम्परागत प्रणालीबाट डिजिटलाइजेसनतर्फ गएको बताए। बैङ्कले अन्तर्राष्ट्रियस्तरको उन्नत बैङ्किङ प्रविधिमा आधारित कोर बैङ्किङ सफ्टवेयर भित्र्याउन आइटी इन्हेन्समेन्ट रोडम्याप अन्तर्गत कार्यसमेत गरिरहेको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार