एट्लेटिको मड्रिडका फरवार्ड चेल्सीमा अनुबन्धित

विहीबार, २८ पुस २०७९
पोर्चुगिज फरवार्ड जोआओ फेलिक्स इंग्लिस क्लब चेल्सीम अनुबन्धित भएका छन् । चेल्सीले फेलिक्सलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । चेल्सीले म्यानचेस्टर युनाइटेड र आर्सनललाई पछि पार्दै फेलिक्सलाई अनुबन्ध गर्न सफल भएको हो । चेल्सीले फेलिक्सलाई ११ मिलियन पाउन्ड खर्चनेछ । बेनोइट बादियाशिले, डेभिड डाट्रो फोफाना र एन्ड्री सान्तोसपछि २३ वर्षीय फेलिक्स जनवरीमा चेल्सीमा अनुबन्ध हुने चौथो खेलाडी हुन् । फेलिक्स सन् २०१९ मा बेन्फिकाबाट १२६ मिलियन युरो (१११ मिलियन पाउण्ड) को सम्झौतामा बेन्फिकाबाट एथ्लेटिकोमा सामेल भएका थिए । यस सिजनमा सबै प्रतियोगिताहरूमा ५ गोल र ३ असिस्ट प्रदान गरेका फेलिक्सलाई एट्लेटिकोले प्रशिक्षक डिएगो सिमिओनसँगको बिग्रदो सम्बन्धका कारण फेलिक्सलाई छाड्न अनुमति दिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार