संस्थाका अध्यक्ष वीरबहादुर लिम्बूले संस्थाको रणनीतिक र व्यावसायिक योजना तयार गरी प्रविधिमैत्री बनाउँदै अगाडि बढाउनका निम्ति आफूहरू व्यवस्थित ढङ्गबाट लागि परेको बताए । यसैवर्षमा सेवा केन्द्र समेत सञ्चालन गर्ने योजना गर्दे तोरीको तेल, बेसार लगायतका बस्तुहरू उत्पादन गरेर व्यवसाय गर्ने योजना रहेको उनको भनाइ छ ।
साधारणसभामा एक दर्जन बढीलाई सम्मान
शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २८ औँ साधारणसभाका अवसरमा एक दर्जन बढिलाई सम्मान गरेको छ ।
कृषि निर्देशनालय तरहरामा भएको साधारणसभामा १० जना सेयर सदस्य बृद्धबृद्धाहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा इन्द्रलाल अधिकारी, पुष्प गुरुङ, फूलमाया कार्की, युवकुमारी कार्की, सीता काफ्ले, लक्ष्मीप्रसाद कोइराला, नरेशकुमार श्रेष्ठ, डम्बरकुमारी गिरीलगायत छन् ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैङ्कका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष रमेशप्रसाद पोखरेलm संस्थाका अध्यक्ष लिम्बूले दोसल्ला ओढाएर पौष्टिक आहारसहित सम्मानपत्रद्धारा सम्मान गरे ।
यस्तै संस्थाका उत्कृष्ट कर्मचारीका रूपमा कृष्णकुमारी पोखरेललाई नगदसहित पुरस्कृत गरिएको छ । यस्तै, उत्कृष्ट ऋणीका रूपमा मेघराज पराजुली र शान्तिकुमारी राईलाई सम्मान गरिएको छ । यस्तै, उत्कृष्ट बचतकर्ताका रूपमा रमण गुरुङ र तारा काफ्लेलाई पनि सम्मान गरिएको छ ।
यस्तै, कोप मार्टमार्फत उत्कृष्ट खरिदकर्ताका रूपमा सनम राई र राधा राईलाई सम्मान गरिएको छ । प्लस टु मा उत्कृष्ट अङ्क ल्याउने २ जना छात्र छात्रालाई पनि नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।
साधारणसभामा संस्थाका लेखा समिति संयोजक कृष्णप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष प्रतिवेदन संस्थाका अध्यक्ष लिम्बूले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका पोखरेलले सहकारी क्षेत्रमा पछिल्लो समयमा केही खराब व्यक्तिका कारण चुनौती थपिँदै गएको बताए ।
उनले सहकारी ऐन र नियमलाई नमानी जथाभाबी रूपमा सहकारी सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएकाले पनि यस क्षेत्रमा चुनौती थपिँदै गएको बताए । सहकारी नियम पालना गरी सञ्चालनमा रहेको सहकारीहरूमा कुनै समस्या नरहेको उनको भनाइ छ ।कार्यक्रममा जिल्ला सहकारी सङ्घ सुनसरीका अध्यक्ष गङ्गाप्रसाद दाहाल, जिल्ला बहुउद्देश्यीय सङ्घ सुनसरीका अध्यक्ष गुणराज काफ्ले, इटहरी उपमहानगरपालिकाका वडा नम्बर २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, इटहरी २ का वडाध्यक्ष माधव कोइराला, पूर्व अध्यक्षहरू खेमराज दाहाल, टीकाप्रसाद ओझा, कृषि निर्देशनालयका प्रमुख डा।गोविन्द तिम्सिना लगायतले बोलेका थिए । संस्थामा हाल हाल ३८ करोड ६३ लाख ६० हजार २ सय ८० निक्षेप रहेको छ । ३४ करोड १७ लाख ९५ हजार २ सय २५ ऋण लगानी रहेको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० मा १ करोड २६ लाख ८९ हजार ३ सय ४२ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रतिक्रिया