काठमाडौँ । केही महिना अघि उपहार तय गरेको डिजिटल पेन्टसले अङ्ग्रेजी नयाँ वर्षको स्वागत गर्दै आगामी पुस १७ गते विजेता घोषणा गर्ने भएको छ ।
गत भदौमा डिजिटल पेन्ट्सको डिजिटलको हर्ष, उपहारको वर्षा योजना सार्वजनिक गरेको यस कम्पनीले अङ्ग्रेजी नयाँ वर्ष २०२४ लाई स्वागत गर्दै विजेताहरू र उनीहरूले पाएको उपहार घोषणा कार्यक्रम गर्ने भएको हो ।
डिजिटल पेन्ट्सले उत्पादन खरिद गर्दा फ्रिज देखि ल्यापटप,र बम्पर उपहारमा रु एक लाख नगदको बम्पर उपहार योजना ल्याएको थियो ।
ग्राहकले रु ५० हजार सम्मको डिजिटल पेन्ट्स खरिद गर्दा एक थान स्क्रयाच कुपन पाउने , त्यस्तै २ थान स्क्रयाच कुपन बराबर एक आकर्षक ब्याग प्राप्त गर्न सकिने उक्त पेन्टसले योजना ल्याएको थियो ।
कुपनमा पेन्ट्सले बम्पर उपहार योजना रु १ लाख समेत राखेको छ । कुपनमा डेल ल्यापटप , ३२ इन्च एलइडी टिभी ,फ्रिज,र सान्त्वनामा भित्ते घडी समावेश गरिएका छन् ।
पहिलो उपहार स्वरूप एक थान डेल ल्यापटप राखिएको छ भने दोस्रोमा ३२ इन्चको एलइडी टिभी , तेस्रोमा फ्रिज ,चौथोमा सान्त्वना १५ जनालाई भित्ते घडी राखिएको छ ।
त्यस्तै पेन्ट्सले बम्पर अफरमा भने रु एक लाख को पुरस्कार राखेको छ ।
सो पुरस्कार घोषणा तथा वितरण कार्यक्रम पुस १७ गते तय गरेको हो । कार्यक्रम डिजिटल पेन्टसको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।
प्रतिक्रिया