औलिया बाबा साकोसको चौधौँ साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: रमेश विष्ट सर्वसम्मत 

शनिबार, २१ पुस २०८०
वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको प्रतिष्ठित सहकारी संस्था मध्यको एक वडा नं  २ चतरा वरयरवमा रहेको औलिया बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः रमेश कुमार विष्ट चयन भएका छन् । निर्वाचन समितिका संयोजक डम्बर प्रसाद सिग्देलका अनुसार अध्यक्षमा विष्ट सहित उपाध्यक्षमा दिपेशजंग बस्नेत ( सोमराज) सर्वसम्मत चयन भएका छन् । त्यस्तै सचिवमा  कृष्ण प्रसाद कटेल चयन भएका छन् । कार्यसमितिको सदस्यमा  राजु कार्की, ईश्वर भगत श्रेष्ठ , पुष्पदिप पौडेल, कल्लना शाक्य , दिल कुमारी श्रेष्ठ र सरिता विष्ट खड्का चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा शान्तिराम खतिवडा र प्रदीप श्रेष्ठ चयन भएका छन् । शनिवार सहकारीले १४ औँ वार्षिक साधारण सभा मार्फत नयाँ कार्य समिति चयन गरेको थियो । २०६६ सालमा स्थापना भएको सहकारीले शनिवार शेयर सदस्य ,बचतकर्ता, सरोकारवालाहरूको उपस्थितिमा १४ औँ वार्षिक  साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा संस्थाका अध्यक्ष रमेश कुमार विष्टले सहकारीको वार्षिक प्रगति विवरण र भावी योजना प्रस्तुत गरेका थिए । भन्ने लेखा समिति संयोजक शान्तिराम खतिवडाले सुझाव सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारी संस्थाले आर्थिक वर्ष ०७९/८० मा ३ हजार ७ सय रुपैयाँ शेयर वृद्धि गर्दै ७५ लाख ३ हजार ८ सय रुपैयाँ पुर्‍याएको छ । गत आर्थिक वर्षभन्दा  तुलनात्मक रूपमा घटेको शेयर वृद्धि रकम विस्तार गर्दै लाने सहकारीले लक्ष्य लिएको अध्यक्ष विष्टले बताए ।सभामा विष्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालू आवसम्म आइपुग्दा सहकारीले ४ करोड ५२ लाख ८५ हजार २ सय ६५ रुपैयाँ ७४ पैसा निक्षेप सङ्कलन गरेको बताए । गत आर्थिक वर्षमा ०७८/७९ मा १७ लाख ६२ हजार ५ सय रुपैयाँ शेयर पुँजी वृद्धि गर्दै ७५ लाख १ सय रुपैयाँ शेयर रकम पुर्‍याएको थियो। चालू आव ०७९/०८० मा संस्थाले १ करोड ९६ लाख ७५ हजार रुपैयाँ ऋण लगानी गरेको छ भने १ करोड ७१ लाख २१ हजार ९ सय ४५ रुपैयाँ ९६ पैसा ऋण असुली गरेको छ । आव ०७८/७९ मा १ करोड ९१ लाख ९४ हजार ऋण लगानी गरेको थियो भने १ करोड ६४ लाख ८९ हजार ८ सय ६३ रुपैयाँ १ पैसा असुली गरेको थियो । सहकारीले आव ०७९/८० मा ४ लाख ४४ हजार ५ सय १३ रुपैयाँ ४२ पैसा बचत गरेको छ भने बचत भएको मुनाफाबाट १ लाख ५ हजार ५ सय ७१ रुपैयाँ ९४ पैसाको जगेडा कोष स्थापना गरेको छ । सहकारीले गत आव ०७८/७९ मा ४ लाख ३६ हजार ९६ रुपैयाँ ५७ पैसा खुद मुनाफा गरेको थियो । १४ औँ वार्षिक साधारण सभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक शान्तिराम खतिवडाले आव २०७९/८० मा ३९ लाख ६२ हजार ३ सय ५८ रुपैयाँ ३९ पैसाको आय विवरण प्रस्तुत गरेका थिए । संस्थाले २ करोड ४६ लाख ४१ हजार ९ सय २३ रुपैयाँ ऋण लगानी गरेको छ । लेखा समिति संयोजक खतिवडाका अनुसार संस्थाले २ करोड ९१ लाख १२ हजार ४० रुपैयाँ ९९ पैसाको कारोबार गरेको छ । शनिवार चतरास्थित औलिया बाबा बोलबम धर्मशालामा वराहक्षेत्र नगरकी उपप्रमुख नन्दकुमारी राईले साधारण सभाको औपचारिक उद्घाटन गरेकी  थिइन् ।सहकारीले प्लस टु को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क हासिल गरेका सेयर सदस्यका छोराछोरी अनिस धिमाल र जिया श्रेष्ठलाई नगर ५/५ हजारले पुरस्कृत गरिएको थियो । यस्तै असल कारोबार गर्ने महिलातर्फ पुर्णशोभा बज्राचार्य र पुरुषतर्फ भीम बहादुर बिश्कर्मालाई सम्मान गरिएको छ । सभामा उपस्थितलाई उपाध्यक्ष दिपेशजंग बस्नेत (सोमराज) ले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद कट्टेलले गरेका थिए । संस्थामा २ सय २९ महिला र २ सय ६१ पुरुषसहित ४ सय ९० जना सेयर सदस्य रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाकी उप-प्रमुख नन्दकुमारी सुनुवारले सहकारीहरू मिलेर उद्योग खोल्न आग्रह गरेकी थिइन् । सहकारी संस्थाका सल्लाहकार तथा आदर्श माबिका पूर्व प्रधानाध्यापक ओमकुमार शर्मा, संस्थाकी सल्लाहकार तथा चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष सीता भण्डारी पौडेल , संस्थाका सल्लाहकार तथा आदर्श माबिका पूर्व प्रधानाध्यापक प्रल्लाद भट्टराईले शुभकामना मन्तव्य राख्दै शेयर सदस्यलाई उद्यमी बन्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार