बराहक्षेत्र आउदै राष्ट्रपति भण्डारी

शनिबार, ३० पुस २०७९
राष्ट्रपति विद्यादेवी भण्डारी सुनसरीको धार्मिक स्थल वराहक्षेत्र मन्दिर आउने भएकी छिन् । माघ १ गते मकर सङ्क्रान्तिको अवसर पारेर बराहक्षेत्र दर्शनका लागि राष्ट्रपति भण्डारी वराहक्षेत्र मन्दिर आउन लागेको  बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए । नगर प्रमुख कार्कीका अनुसार राष्ट्रपति भण्डारी आइतबार ११ बजे मन्दिर आउने कार्यक्रम छ । माघ १ गते वराहक्षेत्र धाम स्थित कोका कौशिकीको सङ्गममा स्नान गर्ने र मेला लाग्ने गर्दछ । सोही अवसरमा राष्ट्रपति भण्डारी वराहक्षेत्र आउन लागेको नगर प्रमुख कार्कीले बताए । राष्ट्रपति भण्डारी बराहक्षेत्र आउने भएसँगै तिनै तहको सुरक्षा संयन्त्र सँग समन्वय  भइरहेको र आवश्यक तयारी समेत पूरा भइसकेको नगर प्रमुख कार्कीले बताए । राष्ट्रपति भण्डारीले मेलाको अवलोकन, बराहक्षेत्र मन्दिरमा विशेष पूजा लगायत अन्य धार्मिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार