धरानमा २३ औं गोधुली रनिङ कप फुटबल सुरु,उद्घाटन खेलमा ५ नं. विजयी

शनिबार, ३० पुस २०७९
धरानमा आजदेखि सुरु भएको २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा ५ नं. वडाले विजयी सुरुवात गरेको छ । ५ नं. वडाले गत संस्करणको फाइनलिष्ट टोली १३ नं. वडालाई २–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिताको उपाधी दाबेदार मानिएको १३ नं. वडा आजको खेलमा पराजित भएसँग प्रतियोगिताबाट बाहिरिएको छ । ५ नं. वडाकालागी साजन लिम्बूले दुवै गोल गरेका हुन् । उनले खेलको १८ औं मिनेट र दोस्रो हाफको २५ औं मिनेटमा गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनलाई नगद १५ सय सहित मेडल पुरस्कार प्रदान गरिएको थियो । पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । भोलीको खेल दिउसो ठिक ३ बजे धरान–१४ र धरान–२ बिच हुने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार