विराटनगर । विराटनगरमा आगोले जलेर गम्भीर घाइते भएकी एक जना वृद्धा महिलाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–६ ब्रह्मपुराकी ७० वर्षीया लक्ष्मी कामतको मंगलबार राति मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार घरको कोठाभित्र बालेको दियोबाट ओछ्यान र कपडामा आगो सल्किँदा सोमबार राति कामत गम्भीर घाइते भएकी थिइन् । उनलाई उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल भर्ना गरिएको थियो ।
उनको शरीरको ६५ प्रतिशतभन्दा बढी भाग जलेको थियो । अवस्था गम्भीर बन्दै गएपछि उपचार सम्भव नहुने ठानेर आफन्तले मंगलबार साँझ घर लिएर गएका थिए ।
घरमा लगिएकी वृद्धाको राति ८ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । डीएसपी दाहालले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
प्रतिक्रिया