मोरङ । मोरङको बुढिगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयको मुख्य गेट अगाडि विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै हो–हल्ला गरेका छन्।
आज (शुक्रवार) बिहान करिब ०९ः३० बजे विश्वविद्यालयले डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत चार विद्यार्थीलाई पुष ०७ गते क्याम्पस परिसरमा अभद्र व्यवहार गरेको भन्दै निलम्बनको निर्णयविरुद्ध विरोध गरेका हुन् ।
उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै करिब १०० जना विद्यार्थीहरूको समूहले विश्वविद्यालयको मुलगेट अगाडि भेला भई नाराबाजी गर्दै गेटमा ताला लगाएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धी सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायब निरीक्षक अशोक कार्कीको कमान्डमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।
टोलीले स्थलमा पुगेर आवश्यक समन्वय तथा परिस्थितिलाई नियन्त्रणमा लिन खोजी कार्य जारी राखेको बताइएको छ।
प्रतिक्रिया