इटहरी : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी २०२६ को लक्ष्य पुरा गर्ने इटहरी शाखाकी अभिकर्ता गिता कार्कीको अभिभावकलाई स्कुटर उपहार प्रदान गरिएको छ ।
कार्कीले लक्ष्य पुरा गरेको खुशियालीमा कार्कीका अभिभावक अभिकर्ता मनोज थापा मगरलाई यामाहा कम्पनीको स्कुटर प्रदान गरिएको हो। 


पथरीको सिन भिलेज पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी कार्कीका अभिभावक थापा मगरलाई कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राईले स्कुटरको चावी हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा एमडीआरटी २०२६ को लक्ष्य पुरा गर्न सफल अभिकर्ता कार्कीले काम गर्दाका आफना अनुभवहरु सनाएको नेशनल लाईफ इन्स्योरेन्सका इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया