हात्तीको आक्रमणमा वराहक्षेत्रका विष्टको मृत्यु

विहीबार, २६ पुस २०८०
सुनसरी /  सुनसरीको वराहक्षेत्रमा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान घाँस काटेर फर्किने क्रममा वराहक्षेत्र ५ सिमरवनका ६९ वर्षीय भीम बहादुर बिस्टको मृत्यु भएको हो । जनजागृति सामुदायिक वनमा घाँस काट्न जाने स्थानीयले बिस्टलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक बिस्टको शव पोस्टमार्टमको लागि बिपी प्रतिष्ठान धरानमा पठाएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सुनसरीले जनाएको छ । ३ महिना यता कोसी प्रदेशका झापा,मोरङ, सुनसरी  जिल्लामा  हात्तीको आक्रमणबाट  विष्ट सहित ९ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार