सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

आइतबार, २९ पुस २०८०
काठमाण्डाै  । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाकाे एक लाख १९ हजार २ सय रुपैयाँ तोकिएको छ । शुक्रवार सुनको भाउ तोलाको एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको पनि भाउ बढेको छ । शुक्रवार तोलाको एक हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर एक हजार ४ सय २० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार