२ सयले बढ्यो सुनको मूल्य

मंगलबार, ०२ माघ २०८०
काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा २ सयले बढेरएक लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार