जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी इटहरीबाट पक्राउ

विहीबार, ०४ माघ २०८०
इटहरी -कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्धामा जिल्ला अदालत ओखलढुङ्गाको २०७९ चैत्र १२ गतेको सजाय निर्धारण फैसला आदेशले २ वर्ष ६ महिना कैद जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोलुङ गाउँपालिका १ का ४३ वर्षीय कृष्ण गिरी रहेका छन् । उनलाई खोजतलास गर्ने क्रममा बिहीबार ९आज० इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालत उपस्थित गराइएकोमा तोकिएको सजाय भुक्तानको लागि झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार