ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
शुक्रबार, ११ पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
मोरङको गछिया खोलामा भेटियो वृद्धको शव
प्रदेश खबर
शुक्रबार, ०५ माघ २०८०
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका- ६ स्थित गछिया खोलामा शुक्रवार बिहान एक जना वृद्ध पुरुषको शव फेला परेको छ ।
भोजपुरको भोजपुर नगरपालिका- २ घर भई सुन्दरहरैँचा- ६ मा बस्दै आएका ६४ वर्षीय टेकबहादुर गुरुङ खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन्।
मोरङ प्रहरीमा प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार गुरुङ सब्जी लिन भनेर बिहीबार गछिया बजार गएको खुलेको छ ।
बजारबाट घर नफर्किएपछि प्रहरीलाई जानकारी गराएर आफन्तले खोजी थालेका थिए ।
खोजी गर्ने क्रममा खोलामा डुबेर मृत्यु भएको अवस्थामा बिहान ८ बजेतिर शव फेला परेको जानकारी दाहालले दिए ।
उनका अनुसार सब्जी लिएर घर फर्किने क्रममा चिप्लिएर खोलामा डुबेका वृद्धको त्यही मृत्यु भएको हुनसक्छ ।
शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएर घटनाको अनुसन्धान सुरु गरिएको दाहालको भनाइ छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु
तरहरा प्रहरी चौकीको कमान्ड पहिलो पटक महिलाको हातमा, के छ उनको प्रतिबद्धता?
सुनसरीमा श्रीमतीको शरीरमा श्रीमानले पेट्रोल खन्याएर लगाए आगो
बालेनको पार्टीको नाम 'देश विकास पार्टी', झापामा ओलीसँग चुनाब लड्ने
क्रिसमसको रौनकमा इम्पेरियल कलेजको ‘फूड ब्याटल’ सम्पन्न
सिन्धुलीमा आगो लगाएर बुहारीको हत्या, तनावका बीच कर्फ्यु आदेश जारी
सम्बन्धित समाचार
पूर्वका तीन जिल्लामा किशोरी हराउने घटनामा वृद्धि : के भन्छन् तिनै जिल्लाका प्रहरी प्रमुखहरू?
सोलुखुम्बुको दुधकुण्ड पुग्ने क्रममा १० घण्टा बेपत्ता हुँदा.......
नेपालका कारण आफ्नो देशमा खतरा रहेको भन्दै भारतले उठायो प्रश्न
यी चारजना बन्दैछन् मन्त्री, आजै सपथको तयारी
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो
पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर
‘आत्मा’मा सँगै इटहरीमा गुन्जिए कमल खत्री
प्रतिक्रिया