सत्ता साझेदार दलको बैठक चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ पौने ६ बजेदेखि बैठक सुरु भएको हो । बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भइरहेको बताइएको छ ।
यसैबिच चौथो शक्तिकारुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलेले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने पक्का भएको छ ।
रास्वपा स्रोतको अनुसार उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने सत्ता साझेदार दलमा सहमति बनेको हो ।
रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रालय लिएर सरकारमा छन् । गृह सहित रास्वपाले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको हो । यद्यपी, यसलाई गठबन्धनले औपचारिक निर्णय गरेको छैन ।
प्रतिक्रिया