निशा राई
धरान-चलचित्र निर्माता,आदिवासी जनजाति चलचित्र महासङ्घ प्रदेश १ को अध्यक्ष र नेपाल चलचित्र निर्माता सङ्घ को कोषध्यक्ष ज्योतिराज राई दोस्रो पटक ‘आदिवासी जनजाति मातृ भाषी चलचित्र प्रवर्धन समिति’को संयोजकमा नियुक्त भएको छन ।
चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृ भाषी चलचित्र प्रवर्धन समिति’को संयोजकमा बोर्डका अध्यक्ष भुवन केसीले राईलाई नियुक्त गरेको हुन । नवनियुक्त राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरिसकेको छन ।
राई पुनः दोस्रो पटक आदिवासी जनजाति चलचित्र महासङ्घको सिफारिसमा संयोजक नियुक्त भएको छन । नेपालका सातै प्रदेशका विभिन्न १६ जातीय संस्थाबाट सिफारिस भएर आएका विभिन्न व्यक्ति मध्येबाट आदिवासी जनजाति महासङ्घले चलचित्र विकास बोर्डलाई एक व्यक्ति संयोजक र अरू सदस्यहरूका लागि सिफारिस गर्ने सोही अनुसार बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान रहेको चलचित्र पत्रकार सङ्घ नेपाल, सुनसरी शाखाको अध्यक्ष विनोद विश्वकर्माले जानकारी दिए ।
राईको संयोजकमा छ सदस्यको समिति गठन गरेको चलचित्र पत्रकार महासङ्घ सुनसरीको अध्यक्ष हुन । जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङ्गहाङ, सँगिना सुनुवार, अमृतामाया माझी रहेका छन् र हरिसिंह रैखोला समितिको सदस्य सचिव रहेका छन् ।
समितिले देशभर छरिएर रहेका आदिवासी चलचित्रकर्मीको व्यक्तित्व विकास, आदिवासी चलचित्रको प्रवर्धन र बजार बिस्तार गर्दै सक्षम बनाउने काम गर्ने अध्यक्ष विश्वकर्माले बताए ।
आफ्नो कार्यकालमा विभिन्न भाषामा निर्माण हुने चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार बिस्तार गर्ने, नीतिगत रूपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए ।
हाम्रो भाषा, संस्कृति र कल्चरलाई समेत फिल्मको माध्यमबाट समेट्न प्रोत्साहन गर्नेछु’ राईले बताए । पुनः नयाँ चलचित्र निर्माणको तयारीमा जुटेका राईले यस अघि सङ्गम, त्रिवेणी, पापी मान्छे, वान वे, प्रोडुसर जस्ता चलचित्रहरूको निर्माण गरिसकेका छन ।
उनको पछिल्लो समय निर्माण गरेको फिल्म ‘लुङ्गा’ हो । राईले दुई थोपा आँसु, साइनो कस्तो कस्तो, माई वेस्ट फ्रेण्ड, डामाडोल लगायत निर्माण गरिसकेका छन ।
प्रतिक्रिया