अत्यधिक चिसो बढेपछि इटहरीका विद्यालय ७ र ८ गते बिदा गर्ने उपमहानगरको निर्णय

शनिबार, ०६ माघ २०८०
  इटहरी - इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था  थप दुई दिन बिदा दिने निर्णय गरेको छ ।
अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएर  विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले माघ ७ र ८ गते बिदा दिने निर्णय गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
यस अघि पनि चिसो बढेेपछि उपमहानगरपालिकाले २ दिन बिद्यालय बिदा गरेको थियो ।
 उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी तथा सामुदायिक  विद्यालयको पठनपाठन  पुर्ण रुपमा बन्द गर्ने  गरिएको नगर प्रमुख पौडेलले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार