उनले भन्ने आजै राष्ट्रिय समावेश आयोगका सदस्य तथा प्रवक्ता पुष्कर राज तिम्सिना ज्युले फोन गरेर चाँय जाति पिछडा वर्गमा सूचीकृत भएको आधिकारिक जानकारी दिए ।
हामी धेरै नै खुसी छौ । यसलागि हामीले पनि पहल गरी राखेका थियौ । सार्थक पहल भन्ने प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको रहेको उनले बताए ।
उन्नले भन्ने हाम्रो समुदायसँग निकै नजिक रहेका प्रतिनिधि सभा सदस्य माननीय कार्की ज्युले सूचीकृत गराउन पहल गर्छु भन्नु भएको थियो । उहाँको त्यो वचन पूरा भएको छ । हामी खुसी छौ । उहाँलाई धन्यवाद दिन चाहन्छु ।
हिन्दु धर्ममा आस्था राख्ने चाँय जातिहरूको २०६८ सालको जनगणना अनुसार करिब १४ हजार जनसङ्ख्या रहेको चाँय जातिका अगुवा वराहक्षेत्र नगरपालिका वडा नं ९ का अध्यक्ष निरञ्जन चन्द्रवंशीले बताए ।
प्राय मुख्य पेसा खेती ,किसान रहेको चाँयको मुख्य चाड माघ महिनाको पहिलो आइतबार पर्ने बन्डा पर्व , दसैँ , तिहार रहेको र संवैधानिक आयोगबाट पिछडा वर्गमा सूचीकृत हुन पाउँदा खुसी लागेको उनले बताए ।
उनले भन्ने राज्यको समुदायमा सूचिकृत गराउन सङ्घीय सांसद तथा पूर्व मन्त्री कार्कीले पहल गरेको र धन्यवादको पात्र बन्नु भएको छ ।
प्रतिक्रिया