पूर्वी नाकामा राजस्व संकलन केन्द्र स्थापना

मंगलबार, ०९ माघ २०८०
विराटनगर । पूर्वी सीमा इलामको पशुपतिनगरमा सवारी साधनका लागि इजाजतपत्र दिन राजस्व संकलन केन्द्र स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल–भारत सीमा नाका पशुपतिनगरमा उक्त केन्द्र स्थापना गरेको हो । केन्द्र स्थापनापछि पर्यटक लिएर नेपाल भ्रमाणका लागि प्रवेश गर्ने सवारी साधन पशुपतिनगर नाका हुँदै आउँदा सडकको पटके कर तिर्न इलाम सदरमुकाम वा झापा पुग्नुपर्ने बाध्यता हटेको छ । उक्त नाका भएर नेपाल प्रवेश गर्ने सवारीसाधनबाट वार्षिक करिब डेढ करोडभन्दा बढी राजस्व संकलन हुने अपेक्षा गरिएको छ । यातायात व्यवस्था कार्यालयका प्रमुख छविलाल खतिवडाका अनुसार केन्द्र स्थापनाले नेपाल आउने पर्यटक तथा सवारी व्यवसायीलाई सहज हुनेछ । पशुपतिनगर नाका भएर दैनिक एक सयभन्दा बढी भारतीय सवारी साधनमा पर्यटक नेपाल भित्रने गरेका छन् । सूर्याेदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईका अनुसार कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईसमक्ष राजस्व संकलन केन्द्र स्थापनाका लागि आग्रह गरिएको थियो । त्यसैअनुरुप उक्त कार्यालय स्थापना सहज भएको राईले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार