सभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक

मंगलबार, ०३ माघ २०७९
संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनसम्न्धी कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको कार्यक्रमअनुसार माघ ४ गते बुधबार १  देखि ४ बजेसम्म सभामुखका लागि उम्मेदवारी दर्ता, सोही दिन सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गरिने छ । माघ ५ गते ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि उम्मेदवारको सूचनामाथि सामूहिक छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार