धरान । मितेरी डेभलपमेन्ट बैङ्क प्रधान कार्यालय धरानले इलाका प्रहरी कार्यालय धरान सुनसरीलाई कम्प्युटर र प्रिन्टर सामाग्री हस्तान्तरण गरेको छ ।
बुधवार इलाका प्रहरी कार्यालय धरान,सुनसरिको कार्यालयमा सामग्री हस्तान्तरण कार्यक्रम गरी मितेरी बैङ्कका अध्यक्ष किसन मास्केले इलाका प्रहरी धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्ललाई करिब ८० हजार पर्ने १ थान कम्प्युटर र १ थान प्रिन्टर हस्तान्तरण गरेको थियो ।
सामाग्री हस्तान्तरण गर्दै मितेरी बैङ्कको प्रमुख कार्यकारिणी तुलसी प्रसाद वस्तिले बैङ्कबाट कमाएको मुनाफाको केही अंश सामाजिक सेवामा खर्च गर्नु पर्दछ भन्ने मूल अभिप्रायले सामाजिक सेवामा खर्च पर्दछ भन्ने हेतुले सहयोग गरेको बताए ।
व्यक्तिलाई फाइदा हुने काम भन्दा माथि उठी सामाजिक उत्तरदायित्व बोध हुने क्षेत्रका जुनसुकै समाजलाई फाइदा पुग्ने गरी सहयोग बिस्तार गरेको उनले बताए ।
भजन गाउने ओठ भन्दा सेवा गर्ने हात महान् हुने इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव निरीक्षक मल्लले बताए । जसको उदाहरण मितेरी बैङ्क बनेको र समाजको लागि उदाहरण प्रस्तुत गर्दै सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक दायित्व प्रस्तुत गरी समाजको लागि नमुना काम गरेकोमा मितेरी बैकलाई धन्यवाद दिए।
सम्पूर्ण मुनाफा रहित सङ्घ संस्थाहरूलाई अत्यावश्यक कार्यमा इलाका प्रहरी धरान,सुनसरि प्रति साझेदारी काम गरी सहयोग गर्न उनले आग्रह समेत गरेको थियो ।
प्रतिक्रिया