घ्यू तताउँदा उम्किएको आगोले ४४ लाखको क्षति

शुक्रबार, १२ माघ २०८०
  ताप्लेजुङ : ताप्लेजुङमा नौनी घ्यू तताउने क्रममा उम्किएको आगोले मेरिङदेन गाउँपालिका-६, नाल्बुमा एक घर जलेको छ । कर्णबहादुर नाल्वोको तीन तले घर जल्दा ४४ लाख मूल्य बरावरको क्षति भएको हो । सोही वडाका वडाध्यक्ष मनोज कुमार तुम्बाहाम्फेका अनुसार पान्दोलुङ माध्यमिक विद्यालय नजिकै रहेको घरमा बिहीबार दिउँसो करिब साढे एक बजे आगलागी भएको थियो । सुरुमा सानो देखेर सबै जना आगो निभाउन लागे पनि नियन्त्रणमा लिन नसक्दा घरमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका थिए ।   ‘घ्यू उम्लिएर पोखिएर अगेनामा परेपछि आगलागी सुरु भएको जनाइएको छ । एकतला पक्की रहेको घरको माथिल्लो तलामा भने काठ र टिन लगाइएको थियो । बिक्री गर्न तयार पारिएको अलैंची लगायतका सामग्री जलेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार