मालपोत अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर

शनिबार, १३ माघ २०८०
विराटनगर / मालपोत कार्यालय ताप्लेजुङकी अधिकृत लेखा पनेरु महत घुस प्रकरणमा दोषी ठहर भएकी छन् । ताप्लेजुङमा नै रहेको समयमा अधिकृत लेखालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो । विशेष अदालतले शुक्रबार लेखालाई ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाएको अदालतका प्रवक्ता धन बहादुर कार्कीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार