काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । नेपाली बजारमा लगातार ५ दिन बढेको सुनको भाउ आज ६०० रूपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ९०० रूपैयाँ कायम भएको छ । यसअघि सोमबारदेखि शुक्रबार सम्म सुनको भाउ बढेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ३५० रूपैयाँ निर्धारण भएको छ ।
यसअघि, शुक्रबार छापावाल सुन १ लाख १९ हजार ५०० रूपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रूपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा २० रूपैयाँले घटेर तोलाको १३ सय ९५ रूपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय ५ रूपैयाँ कायम रहेको थियो ।
प्रतिक्रिया