इटहरी । इटहरीका ब्यावसायिहरुले प्रहरी प्रशासन तथा सरकारका तालुकदार निकायहरूले आफूहरूलाई दुःख दिएको बताएका छन् ।
सोमबार उद्योग वाणिज्य सघं इटहरीले आयोजना गरेको व्यवसायी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले यस्तो बताएका हुन् ।
ट्राफिक प्रहरी देखि सुरक्षाकर्मीहरू र भन्सार, राजस्व लगायतका कार्यलयहरुले विभिन्न बहानामा दुख दिने गरेको व्यापारीहरूले बताएका छन् ।
आर्थिक मान्दिले थलिएका व्यापारीहरू सटर भाडा तिरेर कर्मचारी पाल्न धौ धौ भइरहेको अवस्थामा पार्किङ समस्या घरबहाल कर लगायतका कारण झन् समस्यामा परेको बताएका छन् ।
रेडिमेट व्यवसायी सङ्घका प्रतिनिधि विनोद श्रेष्ठले पार्किङ मुख्य समस्या रहेको इटहरीमा पार्किङको समस्या समाधानमा कसैले चासो नदिएको गुनासो गरे ।
ब्यबसायीसगँको अन्तरक्रिया कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थित नभएको भन्दै गुनासो समेत गरे ।
यस्तै इटहरीका व्यवसायीहरूले इटहरीका बजार सङ्गीत चौकमा जाने बाटोमा ब्लक लगाइएको कारण व्यापारमा असर परेको समेत बताए ।
खुल्ला सिमानाबाट भन्सार नतिरी चोरी निकासी गर्ने र भन्सार तिरेर ल्याइएका सामान भन्दा सस्तोमा बेच्ने भएकाले वैद्य रूपमा कर तिरेर ल्याएर व्यापार गर्न समेत अप्ठ्यारो हुँदै आएको व्यवसायीहरूले बताए ।
यस्तै भिसीटिएस् प्रणालीका कारण पनि आफूहरू समस्यामा परेको व्यवसायीहरूले बताएका थिए भने ब्यबसायीहरुको गुनासो र समस्याका बारेमा विभिन्न सरकारी निकायका व्यक्तिहरूले जबाफ दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख अर्जुन न्यौपानेले भिसिटिएस् प्रणाली अवैध व्यापारलाई नियमन गर्न ल्याइएको बताए ।
यस्तै चोरी निकासी रोक्न सशस्त्र प्रहरी लागिरहेको सशस्त्र प्रहरी नं बराह बाहिनी मुख्यालयका नायव महानिरीक्षक १ अन्जनि कुमार पोख्रेलले बताए ।
कोसी प्रदेशमा करिब ४५० किमी खुल्ला सिमाना पर्ने र उक्त सिमानाहरूमा १४ सय हाराहारीमा सशस्त्र प्रहरीहरूले निगरानी गरिरहेको समेत उनले बताए ।
यस्तै राजस्व अनुसन्धान कार्यालय कोसी प्रदेश प्रमुख खेमराज ओझा ,सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र सुनसरी जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीले अवैध व्यापार गर्नेहरूको जानकारी व्यापारीहरूले सम्बन्धित निकायलाई दिएर सहयोग गर्न अनुरोध गरे ।
प्रतिक्रिया