बुढाथोकीको निधन पार्टी र राष्ट्रलाई अपूरणीय क्षति – सभापति देउवा

आइतबार, २८ माघ २०८०
झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सातौं पुण्यतिथिको अवसर पारेर श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा बुढाथोकी निवासमा आयोजित श्रद्धाञ्जली सभामा श्रद्धाञ्जली व्यक्त गर्दै पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले परिवारलाई समवेदना पत्र हस्तान्तरण गरे । सभापति देउवाले बुढाथोकीको निधनले पार्टी र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको बताउँदै विकास निर्माण, संगठन विस्तार, लोकतान्त्रिक आन्दोलन एवम् संविधानसभा सदस्य रहेर संविधान निर्माणमा खेलेको भूमिका सदा स्मरणीय रहने बताए । सभापति देउवाले पार्टी केन्द्रीय समितिले तयार पारेको समवेदना पत्र परिवारका सदस्यलाई हस्तान्तरण गरेका थिए । श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस कोशी प्रदेश समिति, नेपाली कांग्रेस झापा जिल्ला समिति, नेपाल महिला संघ, नेपाल शिक्षक संघ, नेपाल दलित संघ, नेपाल कर्मचारी युनियन संघ, नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय समिति, ४ नम्बर क्षेत्रीय समिति, अर्जुनधारा नगर समिति, शिवसताक्षी नगर समिति, विभिन्न भातृ तथा शुभेच्छुक संघ–संस्था लगायत तीन दर्जनभन्दा बढी संस्थाको समवेदना पत्र कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की, नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापा, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, अर्जुनधारा नगर सभापति हेमराज खरेल लगायतले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । नेपाली कांग्रेस झापा सभापति थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाँईले गरेका थिए भने परिवारका तर्फबाट बुढाथोकीका भाइ सुदर्शन बुढाथोकीले धन्यवाद ज्ञापन गरेका थिए । श्रद्धाञ्जली सभामा अर्थमन्त्री प्रकाशशरण महत, पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, केन्द्रीय सदस्यहरु राजीव ढुङ्गाना, महेन्द्राकुमारी सुब्बा, सुशीला ढकाल आचार्य, गोमा भट्टराई, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, प्रदेश सदस्यहरु नेपाली कांग्रेस झापाका पदाधिकारी÷सदस्य, छिमेकी जिल्लाका सभापतिहरु, नेपाली कांग्रेसका विभिन्न तहगत संगठन एवम् भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, विभिन्न सामाजिक संघ– संस्थाका अगुवाहरुको उपस्थिति रहेको नेपाली कांग्रेस झापाका सचिव नवीन विमलीले जानकारी दिए । सभामा स्व. बुढाथोकीको व्यक्तित्व, नेतृत्व र सांसद, मन्त्री एवम् पार्टी संगठनको विभिन्न पदीय जिम्मेवारीमा रहँदा पु¥याएको योगदानको चर्चा गर्दै स्मरण गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार