लौकही–काँकरभिट्टा सडक आयोजनामा दुई प्रतिशत मात्र पिसी (पर्सेन्टेज अफ कमिसन) ४० करोड हुन आउँछ। त्यसैगरी परामर्शदाताको लागि एक अर्ब ३० करोड रूपैयाँको बजेटमा ३० देखि ४० प्रतिशत लाभ हुने भएपछि परामर्शदाता चयनमा मन्त्रालयका उच्च अधिकारीहरूको स्वार्थ बाझिएको हो। यसमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाकोसमेत चासो रहेको स्रोतको भनाइ छ।मन्त्रालयका अनुसार सेटिङमा परामर्शदाता चयन भइरहेको भन्दै सर्टलिष्टमा छानिएका केही परामर्शदाताहरूले अख्तियार र एडिबीको मुख्यालयसम्म उजुरी दिएका छन्। त्यसैले परामर्शदाता चयनमा झन् अन्यौल उत्पन्न भएको बताइएको छ। स्रोतका अनुसार जिओकम, इआरएमसी जस्ता परामर्शदाताहरूले बढी लविङ गरेका छन्। यस आयोजनाको डेपुटी डाइरेक्टर शोभा गिरी हुन् भने लौकही–काँकरभिट्टा सडकअन्तर्गत पूर्वी खण्डको प्रमुख सुनिलबाबु पन्त हुन्। त्यस्तै पश्चिम खण्डको प्रमुख जगत प्रजापति हुन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया