स्वामी नारायण, मच्छिन्द्रनाथ र नेपाल

शनिबार, ०५ फागुन २०८०
सरोज मिश्र गत १४ फेब्रुअरीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरेट्सको राजधानी अबुधावीमा एक भव्य हिन्दू मन्दिरको उद्घाटन गरे । बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था ९बीएपीएस० हिन्दू मन्दिर नाम दिइएको सो मन्दिरको उद्घाटन आफैंमा एक अनुपम घटना हो । इस्लामिक राष्ट्र यूएईमा त्यत्रो भव्य मन्दिर बन्नुलाई गैरसनातनी क्षेत्रमा पनि सनातनको व्यापकताका रूपमा लिइँदै छ । सो मन्दिरमा सात मन्दिर समेटिएको छ । राधाकृष्ण, हनुमान लक्ष्मणसहितको सीताराम, गणेश कार्तिकेयसहितको शिवपार्वती, भगवान् अयप्पा, श्री बेंकटेश, भगवान् जगन्नाथ र स्वामी नारायणको प्रतिमा सहितको सात गुम्बज भएको सो मन्दिरलाई इमिरेट्सका सात प्रान्तको प्रतीकका रूपमा पनि व्याख्या गरिएको छ । भारतको गुजरात प्रान्तमा अत्यधिक मानिने स्वामी नारायण सम्प्रदायले निर्माण गरेको सो मन्दिरमा मुख्य गुम्बज र मन्दिरमा चाहिँ स्वामीनारायण स्थापित छन् । सामान्यतया स्वामीनारायण भन्ने कस्ता देवता हुन् भन्ने जिज्ञासा हुनसक्छ । त्यसो त बैंकटेश र अयप्पाका ’दयगतमा पनि हाम्रो भूभागका मानिसलाई जानकारी नहुनसक्छ । बैंकटेश भनेको दक्षिण भारतमा पुजिने भगवान् विष्णुको रूप हो । अयप्पाचहिँ समुद्र मन्थनको समयमा प्रकट भएकी भगवान् विष्णुको स्त्री रूप मोहिनी र पुरुष भगवान् शिवको पुत्र अर्थात् हरिहरका पुत्र मानिन्छ । स्वामी नारायणचाहिँ गुजरातको सन्त समाजका एक प्रख्यात साधु हुन् । सन् १७८१ मा जन्मेका उनको नाम घनश्याम पाण्डे थियो । सहजानन्द स्वामीका नामले पनि चिनिने स्वामी नारायणलाई श्री कृष्णका साक्षात् अवतार मानिन्छ । भारतको नयाँदिल्लीमा निर्मित सुप्रसिद्ध अक्षरधाम उनीप्रति नै समर्पित छ । भारतका विभिन्न सहर मात्र होइन जर्मनीलगायत विश्वका अन्य सहरमा पनि स्वामी नारायण मन्दिर बनाइएको छ । सिद्धार्थ गौतमले भारतको बोधगयास्थित बोधीवृक्षमुनि ध्यान गरेर बुधत्व प्राप्त गरेको हो । ठीक त्यस्तै तरिकाले घनश्याम पाण्डेले ११÷१२ वर्षको कलिलै उमेरमा नेपालको मुक्तिनाथ पुगेर त्यहाँ तप ध्यान गरेपश्चात् ईश्वरत्व प्राप्त गरेर स्वामी सहजानन्द र पछि स्वामी नारायण बनेका हुन् भन्ने आख्यान छ ।
स्वामी नारायण सम्प्रदायका अनुयायीहरूका लागि स्वामी नारायण जति ठूलो आस्थाको प्रतीक हो, भगवान् मुक्तिनाथ त्यसभन्दा ठूलो पवित्र भूमि हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ पुगेर पूजा अर्चना गरेको दृश्य धेरैलाई याद होला । मोदीले आफ्नो जीवनको एक कालखण्ड मुक्तिनाथमा ध्यान गर्न बिताएको समेत बताइन्छ । आज दिल्लीस्थित अक्षरधामको स्वामी नारायण मन्दिरमा लाग्ने भीड हेरौं त  यूएईको अबुधावीमा पनि त्यस्तै भीड लाग्ने अनुमान गरिँदै छ । त्यस्तै, स्वामी नारायणको मन्दिर मुक्तिनाथमा पनि बन्यो र मुक्तिनाथ भनेको स्वामी नारायणको पनि स्वामी हो भन्ने राम्रो प्रचार भयो भने कति भीड लाग्ला रु मोदीको भ्रमण र ध्यान पूजाको छोटो दृश्यले पनि अहिले मुक्तिनाथमा भारतीय तीर्थयात्रीको संख्या बढेको छ कि छैन ?
जे भए पनि मीननाथ भनिएका कुनै तान्त्रिक योगीले भगवान् शंकर र मच्छिन्द्रनाथबीच कुनै सेतुको काम गरेको बुझिन्छ । भारतमा मीननाथ’दयगत धेरै उल्लेख भएको पाइन्न
भारतमा योगी आदित्यनाथ अहिले उत्तरप्रदेश राज्यको मुख्यमन्त्री छन् । उनी मोदीपछि भारतको प्रधानमन्त्री बन्छन् भन्ने अनुमान छ । आदित्यनाथ गुरु गोरखनाथद्वारा विस्तारित नाथ परम्पराका महन्त हुन् । उनको मठ गोरखनाथप्रति समर्पित गोरखपुरमा छ । गुरु गोरखनाथको नेपालसँगको सम्बन्ध बताइरहन नपर्ला । गोरखा जिल्लाको गोरखनाथ बाबाको तपोभूमि एवं काष्ठमण्डप एवं पशुपति मृगस्थलीस्थित गोरखनाथ भूमिका ’दयगतमा धेरैलाई थाहा होला । महायोगी गोरक्षनाथ (गोरखनाथ) १०औं शताब्दीमा प्रकट भएका हुन् । यिनलाई मठवादी नाथ सम्प्रदायका संस्थापक मानिन्छ । व्यवस्थित योग विधि, संगठन, हठयोगका ग्रन्थहरूको रचयिता एवं निर्गुण भक्तिको विचारका लागि गुरु गोरखनाथ प्रसिद्ध छन् । नाथ परम्परामा गुरु गोरखनाथ सबैभन्दा प्रभावकारी एवं शक्तिशाली मानिन्छन् । नाथ परम्परामा आदिगुरु, आदियोगी, आदिनाथ, सर्वेश्वर भगवान् महादेव सदाशिव हो । महर्षि मच्छिन्द्रनाथचाहिँ आठौं वा नवौं शताब्दीको योगसिद्ध, तन्त्र परम्परा र अपरम्परागत प्रयोगका लागि प्रसिद्ध छन् । मच्छिन्द्रनाथले शुक्राचार्यबाट सञ्जीवनी मन्त्र दीक्षासमेत प्राप्त गरेको मानिन्छ । मच्छिन्द्रनाथले आदियोगी सदाशिव महादेव र शुक्राचार्यबाट तन्त्र एवं योगविद्या प्राप्त गरेको मानिन्छ । मिननाथ भनेको मच्छिन्द्रनाथका तिनै गुरु शुक्राचार्य हुन् भनेर मत राख्नेहरू पनि छन् । जे भए पनि मिननाथ भनिएका कुनै तान्त्रिक योगीले भगवान् शंकर र मच्छिन्द्रनाथबीच कुनै सेतुको काम गरेको बुझिन्छ । भारतमा मिननाथ’दयगत धेरै उल्लेख भएको पाइन्न । नाथ परम्पराका सर्वोत्कृष्ट योगीका रूपमा चिनिएका गुरु गोरखनाथ मच्छिन्द्रनाथबाट दीक्षित हुन् अर्थात् मच्छिन्द्रनाथका गुरु गोरखनाथका गुरु हुन् भने मिननाथ र भगवान् शंकरचाहिँ मच्छिन्द्रनाथका गुरु हुन् । मच्छिन्द्रनाथ र गोरखनाथका अलावा नाथ परम्परामा जालन्धरनाथ, कानीफनाथ, चौरंगीनाथ, चर्पटीनाथ, भर्तृहरिनाथ, गोपीचन्दनाथ, रत्ननाथ, धर्मनाथ र मस्तनाथको उल्लेख भएको पाइन्छ । नेपालकै कुरा गर्ने हो भने मच्छिन्द्रनाथ र गोरखनाथबाहेक यीमध्ये रत्ननाथ पनि मध्य नेपालतिर प्रचलित रहेका पाइन्छ । गोरखनाथ त सबैभन्दा लोकप्रिय एवं प्रचलित भइहाले । किंवदन्तीनुसार गुरु गोरखनाथले सबै नागलाई आसन बनाएर बसिदिँदा उपत्यकामा वर्षा भएन र अनिकाल लाग्यो । मेरो विचारमा महान् योगी गोरखनाथले योगविद्याद्वारा वाष्पीकरण प्रक्रियालाई नियन्त्रण गरिदिए । त्यो उनको तन्त्र एवं सिद्धि प्रयोग थियो । नेपालवासीले आराधना सिद्धि गरेर कामाख्यातिर रहेका गुरु मच्छिन्द्रनाथलाई यता ल्याए । आफ्ना गुरुको आगमन भएको देखेर गुरुलाई प्रणाम गर्न गोरखनाथ उठे र वर्षा भयो भनिन्छ । त्यसैकारण, मच्छिन्द्रनाथलाई नेपालमा वर्षा र सहकालका देवता पनि मानिन्छ । बौद्धमार्गीहरूले मच्छिन्द्रनाथलाई लोकेश्वरका रूपमा पूजा गर्छन् । ललितपुर र काठमाडौंमा मच्छिन्द्रनाथको मन्दिर छ । दुवै सहरमा मच्छिन्द्रनाथको लामो रथयात्रा हुन्छ । ललितपुरमा त मिननाथको समेत रथयात्रा हुन्छ । गुरु गोरखनाथका अनन्य अनुयायी उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपाल बोलाएर गुरु गोरखनाथ र मच्छिन्द्रनाथको मन्दिर दर्शन गराएर पूजा आराधना गराए के होला रु उपत्यकाको रथयात्रामा सामेल गराएर प्रचार गर्नसके के होला रु के ठूलो संख्यामा धार्मिक पर्यटक नआउलान् रु अयोध्यामा भव्य राममन्दिर बनेको छ । अहिले सरदर दिनको दुई अढाइ लाखका दरले श्रद्धालुहरू ओइरिरहेका छन् । रामायणसँग जोडिएका कैयन् ठाउँहरू पनि आकर्षणको केन्द्र बन्दै छन् । रामायण सर्किट विकसित हुँदै छ । त्यो सर्किटको अविभाज्य अंग जानकीको क्रीडास्थल माइती जनकपुर पनि हो । जनकपुरका ’दयगतमा थोरै भए पनि जानकारी आमजनताका बीच छ । तर, रामले तोडेको शिव धनुष रहेको धनुषाधामका ’दयगतमा १ प्रतिशत पनि तीर्थालुलाई थाहा छैन । राम ऋषि विश्वामित्रको निमन्त्रणामा असुर संहारका लागि विश्वामित्र आश्रमस्थल पुगेका थिए । त्यहाँ नै उनले ताडकावध गरेका हुन् र त्यहीँ उनले तमाम दिव्यास्त्र ज्ञान ऋषिबाट पाएका हुन् । त्यो भूमि रामका लागि पनि पुज्य छ । विश्वामित्र अर्थात् कौशिक ऋषिको आश्रम कौशिकी होइन ? के कौशिकी भनेको चतराधाम बराहक्षेत्र होइन रु माता सीताको प्रकटभूमि त मिथिला हो नै । सीताले लवकुशलाई जन्म दिएकी, लवकुशले शिक्षा दीक्षा प्राप्त गरेको र अन्त्यमा सीताले पृथ्वीमाताको आश्रय लिएकी भूमि बाल्मीकि आश्रम चितवन होइन रु उल्लिखित क्षेत्रहरूको राम्रो विकास गरेर यथोचित प्रचारप्रसार गर्नसके राम सर्किट यात्रामा आउनेहरू सबै आउँथे कि रु म यहाँ यत्रो गन्थन गरेर कुनै आस्था वा मतको प्रचार गरिरहेको छैन । कसैलाई कुनै विशेष आस्था पछ्याउन कर गरिरहेको पनि छैन । आस्था भन्ने विषय नितान्त व्यक्तिगत उपभोगको चीज हो । कसले कसलाई मान्ने वा नमान्ने रु त्यो उसको विषय हो । तर, कसैको आस्थाबाट हामीलाई फाइदा हुन्छ भने किन नलिने रु म फगत मानिसको आस्था भजाएर नेपालले फाइदा उठाउनसक्छ कि भन्ने खोजिनीति गर्दै छु । विशुद्ध व्यापारिक दृष्टिकोण राखेर सोचौं त † के हामीले स्वामी नारायण, मच्छिन्द्रनाथ र रामकथाको प्रचूर फाइदा उठाउन सक्दैनौं ? प्रत्येक वर्ष १०औं करोड हिन्दूहरू तीर्थयात्राका लागि निस्कन्छन् र कुनै पनि हिन्दूका लागि महाज्योतिर्लिंग पशुपतिनाथको दर्शन नगरी पूर्ण फल प्राप्त हुँदैन भन्ने मान्यता छ । पशुपतिनाथका अलावा माथि उल्लिखित ठाउँहरू त केही उदाहरण मात्र हुन् । व्यास र याज्ञवल्कजस्ता महान् ऋषिहरूको तपोभूमि यस धरामा अनगिन्ती सम्भावना लुकेका छन् । हामीले वास्तै नगरेका हौं । आजको राजधानी दैनिकमा प्रकाशित छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार