धनकुटामा बस दुर्घटना हुँदा वृद्धाको मृत्यु , १४ जना घाइते (नामावलीसहित)

सोमबार, २२ बैशाख २०८२

विराटनगर । धनकुटामा बस दुर्घटना हुँदा वृद्धाको मृत्यु भएको छ । धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस आज (सोमबार) बिहान दुर्घटनामा परेको हो । 


कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ गोठगाउँमा को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेको छ । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार बिहान १० बजेतिर दुर्घटना हुँदा धनकुटा–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको छ । 

दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेको बस सडकबाट करिब ५० मिटर तल खसेको थियो ।बसमा कति जना सवार थिए भन्ने खुलेको छैन । यद्यपि, १४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको डीएसपी खनालले बताए । उनका अनुसार घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

घाइतेहरुः 
भोजपुरका ५८ वर्षिय लीलाबहादुर श्रेष्ठ । गम्भीर
भोजपुरकै ६० वर्षीय देवी विक । गम्भीर 
धनकुटाका ६० वर्षीय हंशबहादुर राई । गम्भीर 
धनकुटाका ३४ वर्षीय धनकुमार बिक ।
धनकुटाकै ६० वर्षीया दीर्घमाया राई ।
भोजपुरका २० वर्षीय सूर्यमणि तामाङ ।
भोजपुरकै अनमोल तामाङ । 
भोजपुरकी २४ वर्षीय सविना बराइली ।
भोजपुरका ८० वर्षीय गंगाप्रसाद सापकोटा । 
भोजपुरकी ५१ वर्षीया पूर्णमाया तामाङ । 
बस चालक सुनसरीका का ५१ वर्षीय रुद्र तामाङ । 
सुनसरीका ४८ वर्षीय कृष्ण राउत ।
सुनसरीका २७ वर्षीय आयुष राई ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार